२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 2.57

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १४ जनाको मृत्यु



अ+ अ-

एजेन्सी। उत्तरी भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने करिब १९ जना घाइते भएका छन् ।

मिर्जापुर–प्रयागराज राजमार्गमा मध्यरात करिब १२ बजे दुर्घटना भएको हो । मृत्यु हुनेहरू मध्य राज्य छत्तीसगढका थिए । उनीहरू पवित्र स्नान गर्न प्रयागराज जाँदै थिए ।

मध्य प्रदेशको अर्को राज्यका करिब २५ यात्रु बोकेको बस प्रयागराजबाट आउँदै गर्दा दुर्घटना भएको हो । पश्चिमी राज्य गुजरातको दाहोद जिल्लामा शुक्रबार राति गाडी पार्किङ गरिएको बससँग ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।