१० भाद्र २०८३, बुधबार
,
Latest
राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीप्रति आकर्षणको लहर सुरु भएको छः अध्यक्ष दाहाल



अ+ अ-

बागमती । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिकामा आज स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएकाले यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी तपाईंहरूले योजना र कार्यक्रम बनाएर अघि बढ्नुस् ।” पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले जनता केन्द्रित भएर आगामी दिनमा योजनाबद्ध रूपमा काम गर्नुपनर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न सबैलाई निर्देशन दिनुभयो ।

माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमूना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताउनुभयो । उहाँले आजै मकवानपुरका सहिद परिवारसँग पनि भेटघाट गर्नुभएको थियो ।