२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले अध्यादेशमा समर्थन गर्दैनः उपाध्यक्ष खतिवडा



अ+ अ-

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याएर सरकारले गम्भीर कमजोरी गरेको बताए ।

‘संसद्लाई छल्ने, सार्वभौम सांसदको अधिकारलाई समाप्त गर्ने हो भने यो संसद् चाहिँ किन चाहियो ? यस कारण सरकारले गम्भीर कमजोरी गरेको छ,’– उनले भने ।

अध्यादेश ल्याएको सात÷आठ दिनपछि संसद्को अधिवेशन बोलाइएको उनले स्मरण गराए । उनले अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको धारणा के हो भन्ने आफूले थाहा पाउन नसकेको बताए । उनले कांग्रेस लुरुलुरु प्रधानमन्त्रीको पछाडि हिँड्न बाध्य भएको हो कि भन्ने आफू र आफ्नो पार्टीको आशंका रहको बताए ।

‘अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको भनाइ के हो ? यसमा मैले सुन्नै पाएको छैन । प्रधानमन्त्री केपी ओलीजीले जवरजस्ती ल्याएर कांग्रेस लुरुलुरु हिँड्न बाध्य हुनुभएको हो कि ? कांग्रेसको समर्थनमा उहाँले विधेयक ल्याउनु भएको नि मलाई थाहा छैन,’– उनले भने ।

उनले अध्यादेशको प्रक्रियालाई समाप्त गरेर विधेयकमार्फत कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरे । वर्तमान सरकार बनेको सात महिनाको अवधिमा देश र जनताको पक्षमा कुनै पनि गुणात्मक र परिमाणत्मक काम हुन नसकेको तर्फलक्षित गर्दै उनले कांग्रेस र एमालेसहितका दुई तिहाइ बहुमतको सिंहजस्तो सरकारले खाली झिँगा टिपेको जस्तो मात्रै कुरा गरिरहेको टिप्पणी गरे ।

‘यो सिंहजस्तो सरकार खाली सानो–सानो झिँगा टिपेकोजस्तो मात्रै कुराकानी गरिरहन्छ । के प्रगति गर्र्यो चाहिँ मलाई थाहा छैन,’– उनले भने ।