६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले अध्यादेशमा समर्थन गर्दैनः उपाध्यक्ष खतिवडा



अ+ अ-

काठमाडौँ  । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याएर सरकारले गम्भीर कमजोरी गरेको बताए ।

‘संसद्लाई छल्ने, सार्वभौम सांसदको अधिकारलाई समाप्त गर्ने हो भने यो संसद् चाहिँ किन चाहियो ? यस कारण सरकारले गम्भीर कमजोरी गरेको छ,’– उनले भने ।

अध्यादेश ल्याएको सात÷आठ दिनपछि संसद्को अधिवेशन बोलाइएको उनले स्मरण गराए । उनले अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको धारणा के हो भन्ने आफूले थाहा पाउन नसकेको बताए । उनले कांग्रेस लुरुलुरु प्रधानमन्त्रीको पछाडि हिँड्न बाध्य भएको हो कि भन्ने आफू र आफ्नो पार्टीको आशंका रहको बताए ।

‘अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको भनाइ के हो ? यसमा मैले सुन्नै पाएको छैन । प्रधानमन्त्री केपी ओलीजीले जवरजस्ती ल्याएर कांग्रेस लुरुलुरु हिँड्न बाध्य हुनुभएको हो कि ? कांग्रेसको समर्थनमा उहाँले विधेयक ल्याउनु भएको नि मलाई थाहा छैन,’– उनले भने ।

उनले अध्यादेशको प्रक्रियालाई समाप्त गरेर विधेयकमार्फत कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरे । वर्तमान सरकार बनेको सात महिनाको अवधिमा देश र जनताको पक्षमा कुनै पनि गुणात्मक र परिमाणत्मक काम हुन नसकेको तर्फलक्षित गर्दै उनले कांग्रेस र एमालेसहितका दुई तिहाइ बहुमतको सिंहजस्तो सरकारले खाली झिँगा टिपेको जस्तो मात्रै कुरा गरिरहेको टिप्पणी गरे ।

‘यो सिंहजस्तो सरकार खाली सानो–सानो झिँगा टिपेकोजस्तो मात्रै कुराकानी गरिरहन्छ । के प्रगति गर्र्यो चाहिँ मलाई थाहा छैन,’– उनले भने ।