१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति



अ+ अ-

काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा  हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ ।

चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको  गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।

“आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उहाँले भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिनुभयो । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँको कथन थियो ।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी हुनुहुन्थ्यो ।