११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यकः नेता रिजाल

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यकः नेता रिजाल
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा डा। रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताउनुभएको हो । उहाँले कुनैपनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताउनु भयो ।

निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली काँग्रेसले ३३ प्रतिशत मत पाएपनि जम्मा २३ सिट जितेको जिकिर गर्नुभयो । उहाँले ७८ को निर्वाचनमा २६ पतिशत मत पाएपनि गठबन्धन गरेको कारण प्रत्यक्षमा ५७ सिट जितेको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि पार्टीको बहुमतबिना स्थायित्वको कल्पना पनि गर्न सकिँदैन, उत्तरदायित्वको कल्पना पनि गर्न सकिँदैन । त्यसैले निर्वाचन प्रणाली के हुनुप¥यो भने मेरो पार्टी ७४ को चुनावमा हामीले प्रत्यक्षमा गठबन्धनका कारण पाएको मत सबै आफ्नो भन्न मिलेन । समानुपातिकमा हामीले ३३ प्रतिशतभन्दा बढी मत पायौँ तर प्रत्यक्षमा हामीले २३ सिट जित्यौँ । अहिले हाम्रो सात प्रतिशतले मत घटेको छ । २६ प्रतिशत मत छ, सिट जित्यो ५७, किन रु गठबन्धन गरेर । ओली र हाम्रो ७४ को चुनावमा मुस्किलले आधि प्रतिशतको फरक थियो । उहाँले ८० सिट र हामीले २३ सिट जित्यौँ किन भन्दा उहाँले गठबन्धन गर्नुभएको थियो ।’

२०१५ सालदेखि कुनैपनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताउनु भयो । उहाँले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले सजिलै निर्वाचन जितेर आउनेलाई समानुपातिकमा ल्याउन नहुने बताउनु भयो । उहाँले निर्वाचन जित्न कठिन हुने समुदायलाई संसदमा आउने बाटोका लागि पनि समानुपातिक प्रणाली आवश्यक भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१५ सालदेखि आजसम्मको निर्वाचनमा कुनैपनि पार्टीले साढे ३८ प्रतिशतभन्दा बढी मत ल्याएको छैन । बढी मत नल्याएपछि बहुमत भएपनि स्थिरता हुँदैन भन्ने तर्क गर्नु भएन । सरकार उत्तरदायी नहुने समस्या त भयो नि । नेपाली काँग्रेस पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा हुनुपर्छ भन्ने पक्षमा होइन । १६५ निर्वाचान क्षेत्र कायम गर्दा ६० क्षेत्र समानुपातिक गरौँ । सजिलै चुनाव जितेर आउने मान्छेलाई समानुपातिकमा ल्याउनु हुँदैन । जसलाई निर्वाचन जित्नलाई कठिनाइ छ त्यो समुदाय आउने बाटो बन्द हुँदैन ।’

नेता डा. रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गर्नुभयो । उहाँले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गर्नुभयो ।