१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थिरताको कारक देश सञ्चालन गर्ने शिर्ष नेतृत्व होः सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले शिर्ष नेताहरुका कारण देशमा अस्थिरता बढेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका व्यक्ति नभएको बताउनु भयो ।

उहाँले अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु नभइ देश सञ्चलन गर्ने शिर्ष नेतृत्व रहेको टिप्पणी गर्नुभयो । संविधान बनेदेखि नै संशोधनको औचित्य रहेको बताउनु भयो । संविधान असंशोधनीय दस्ताबेज नभएको बताउनु भयो ।

गठबन्धन परिवर्तनको राजनीतिक एजेण्डा संविधान संशोधन भएपनि अहिलेसम्म पुष्टि हुन नसकेको जिकिर गर्नुभयो । उहाँले देशमापाँच वर्ष टिक्ने सरकार आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शासकीय स्वरुप, निर्वाचन प्रणाली बदल्नुपर्छ । यो मलाई पनि लाग्छ र मेरो दलको मान्यता पनि हो । तर अस्थिरताको कारण प्रतिनिधि सभामा आइपुगेको उत्पीडित समुदायका मान्छेहरु होइनन् । यसरी सोच्यो भने यो गलत हुन्छ । हामी त झन्डै दुई तिहाईको बीचमा पुगेका नेकपाका मान्छे हौँ ।

एउटै पार्टीको झन्डै दुई तिहाई पुगे पनि त टिक्दो रहेनछ भन्नेकुरा त ०७४ को निर्वाचनपछि हामीले भोगेर आएका छौँ । अस्थिरताको कारक उत्पीडित समुदायका त्यहाँका जनप्रतिनिधिहरु हुन् वा यो देशलाई सञ्चालन गर्ने शिर्ष नेतृत्वहरु हुन् ? यहाँनेर खोजि गर्नुपर्ने जरुरी छ । अस्थिरताका कारक उत्पीडित समुदायका महिला, दलितहरु होइनन् । अस्थिरताका कारक यहाँ शिर्ष हौँ भन्ने नेताहरु हुन् ।’

सांसद शर्माले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको स्पष्ट पार्नुभयो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको पनि बताउनु भयो ।