११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

इमान्दारिताका साथ संविधान संशोधन गर्ने हो भने रास्वपाको साथ रहन्छः प्रमुख सचेतक परियार

इमान्दारिताका साथ संविधान संशोधन गर्ने हो भने रास्वपाको साथ रहन्छः प्रमुख सचेतक परियार
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कसैले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।

ललितपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने विषय समेटिएको तर संविधान नै पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले इमान्दारिताका साथ संविधान संशोधन गर्न खोजेको भए रास्वपाको साथ रहने बताउनु भयो । उहाँले राजनीतिक संस्कार स्थायी हुन जरुरी रहेको बताउनु भयो । उहाँले दुई तिहाई बहुमत ल्याउन निर्वाचनले कुनैपनि राजनीतिक दललाई नरोेकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान निर्माण गरिरहँदा प्रत्येक १० वर्षमा यसको पुनरावलोकन गर्ने भन्ने थियो । पहिलो कुरा त हामीले संविधानको कार्यान्वयन नै गरेनौँ । देशमा यत्रा ठूला संघर्ष भएका थिए, ति कुराहरुमा हामीले कार्यान्वयनका लागि कानून नै बनाएनौँ । यो संविधान अहिले ९ वर्षमा चलिरहेको छ । मलाई विश्वास त छैन, सात बुँदामध्ये २ नम्बर बुँदामा संविधान संशोधन राखेर नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन बन्यो । इमान्दारिताका साथ गर्न खोजेको हो भने हामीले त्यसलाई स्वीकार गरेका छौँ ।

संविधानअनुसार काम गर्न कहाँ कहाँ अफ्ठ्यारो थियो, स्थायित्वको कुरा गर्ने हो भने २०१५,२०४८,२०५६ साल, २०७४ सालसम्म बहुमतको सरकार थियो । ति टिकेकनन् । कुनैपनि टिकेनन् । बरु नभएका सरकारहरु टिकेका छन् । कतिमा त संसद नै पनि खाइदिए । हाम्रो प्रवृत्ति स्थायी छैन । राजनीतिक संस्कार स्थायित्व छैन, कोही पार्टीहरुलाई चाहियो भनेर स्थायित्व जबरजस्ती हुँदैन । दुई तिहाई बहुमत पनि आउनसक्छ । तदनुरुपको विचार हुनुपर्छ ।

राजनीतिक मुद्दा हुनुपर्छ । निर्वाचन प्रणालीले बहुमत र अल्पमतमा लैजाने भन्ने होइन । मुख्य कुरा विचार हो । जनताका मुद्दा हुन् । कुनै पार्टीलाई आजको संविधानले बहुमत ल्याउन कतै रोकेको छैन । संविधान संशोधन गर्नुपर्छ तर पार्टीको प्रवृत्ति, चरित्र र व्यक्तिको प्रवृत्ति, चरित्र बदल्नुपर्छ । व्यक्तिको पनि संविधानतः चरित्र हुनुपर्छ, समावेशी हुनुपर्छ । संविधानले परिकल्पना गरेको कुरा केही पनि नगर्ने अनि आफूले परिकल्पना गरेको कुरा लागू गर्न संविधान संशोधन गर्नुपर्ने रु सबैभन्दा खतरनाक कुरा यो हो ।’

प्रमुख सचेतक परियारले संविधान संशोधन गर्नुपर्ने तर त्यस भन्दा पहिला व्यक्ति र राजनीतिक दलको प्रवृत्ति र चरित्र बदल्नुपर्ने जरुरी रहेको बताउनु भयो ।