१९ असार २०८३, शुक्रबार
,
Latest
विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षीहरु सरकारविरुद्ध झुटको खेतीमा लागिरहेका छन्ः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले सरकारको विरुद्ध झुटको खेतीमा लागेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अङ्क तल झरेर कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरू वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गर्दै भ्रमको खेतीमा लागेका टिप्पणी गर्नुभएको छ । सो रिपोर्ट सन् २०२४ को भएको उल्लेख गर्दै पोखरेलले सो वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार रहेको पोखरेलले स्पष्ट पार्नुभएको छ ।

यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको उहाँले स्मरण गराउनुभएको छ । विश्वबैंक लगायत तीनवटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिएको उहाँले स्पष्ट पार्नुभएको छ । ‘त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नै ठाउँमा छ, तर बिग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ति सरकार र त्यसको नेतृत्वलाई जान्छ, होइन र ?’, पोखरेलले लेख्नु भएको छ ।

पोखरेलले विगतको सरकारले काम गर्न नसकेकै कारण केपी ओली नेतृत्व कांग्रेस–एमालेको सरकार बनेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘विगतको सरकारको काम ठिक नभएको र मुलुक सङ्कटग्रस्त बन्न पुगेको निष्कर्षका आधारमा नै वर्तमान सरकार गठन भएको हो, दुई दलका बिचमा भएको ७ बुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ’, पोखरेलले लेख्नु भएको छ ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड दिने काम भएको उहाँको दाबी छ । ‘लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ, यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला, होइन र ?’, पोखरेलले लेख्नु भएको छ ।