२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्डयन प्राधिकरणले माग्यो २५ कर्मचारी, यस्ता छन् योग्यता



अ+ अ-

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार करारमा नियुक्ति गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । प्राविधिक, समूहः ए.ट्रा.स., तह : सातौँ, पद : वरिष्ठ अधिकृतमा २५ जना कर्मचारी माग गरेको हो ।

प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, सातौँ तहको लागि वरिष्ठ अधिकृत २५ जना माग गरिएको जानकारी दिएको हो।  योग्यता पुगेका इच्छुक व्यक्तिले यही फागुन २१ गतेसम्म दरखास्त दिनसक्नेछन्।

मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान वा सूचना प्रविधि (आईटी) वा व्यवस्थापन वा इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेका, नागरिक उड्यन प्रशिक्षण प्रतिष्ठानबाट कम्तिमा ६ महिना अवधिको आधारभूत एयर ट्राफिक सर्भिसेज तालिम लिएका २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् सूचना