५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजत पाटीदार बने आरसीबीको नयाँ कप्तान



विराट कोहली र रजत पाटीदार ।
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई नयाँ कप्तान बनाएको छ ।

आज एक कार्यक्रमका बीच आरसीबीले पाटीदारलाई नयाँ कप्तान नियुक्त गरेको हो ।

आरसीबीले पूर्वकप्तान फाफ डुप्लेसीलाई रिटेन नगरेपछि टोलीमा रहेका स्टार खेलाडी विराट कोहली कप्तान बन्ने चर्चा थियो । तर टोली व्यवस्थापनले कप्तानमा पाटीदारको नाम घोषणा गरेको हो ।

आइपिएल २०२५ को मेगा अक्सन अघि आरसीबीले तीन खेलाडीलाई मात्रै रिटेन गरेको थियो जसमा रजत पाटीदार पनि थिए । पाटीदारलाई टोलीले ११ करोड भारुमा राखेको थियो । पाटीदारबाहेक आरसीबीले विराट कोहली र यश दयाललाई पनि रिटेन गरेको थियो।

३१ वर्षीय रजत पाटीदारले सन् २०२१ मा आरसीबीबाटै आईपीएलमा डेब्यु गरेका थिए । उनले आईपीएलमा तीन सिजनमा २८ खेलमा १ सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा ७ सय ९९ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र ७ अर्धशतक बनाएका छन् ।

आरसीबीले तीन पटक फाइनल खेले पनि अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । नयाँ कप्तान पाटीदारको साथमा फ्यानहरूले पहिलो आईपीएल उपाधिको आशा गरेका छन् ।