१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडियन्ट, रिब्स, स्वर्णिम र एक्सेल्सियर सेमिफाइनलमा



अ+ अ-

काठमाडौं: रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले पराजित ग¥यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १३ अंक जोडिन् । रिब्सले एलआरआईलाई १५–९ ले हरायो । रिब्सकी सुप्रिया मल्लले ६ स्कोर गरिन् । स्वर्णिमले ग्यालेक्सी पब्लिकलाई २२–८ ले पाखा लगायो । स्वर्णिमकी हिसील्हामु लामाले ११ अंक बटुलिन् । एक्सेल्सियरले द चाँदबागलाई १४–१२ ले पन्छायो । एक्सेल्सियरकी अकिना घिमिरेले ९ स्कोर गरिन् ।

फुटसल:

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–११ मा न्यु जेनिथले काभ्यालाई २–०, एक्सेल्सियरले भ्याली भ्युलाई ३–०, राई स्कुलले चाँदबागलाई १–० र स्वस्तिश्री गुरुकुलले जोन डेवीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–१४ मा एक्सेल्सियर ‘रातो’ ले इम्पेरियल वल्र्डलाई २–०, विद्यावाणी पाठशालाले मेगसलाई ३–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ५–१ र काठमाडौं लिङ्कनले बोधीसत्वलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यु–१६ मा निःसर्ग वाटिकाले रेडियन्ट पब्लिकलाई ३–०, रिब्सले ग्यालेक्सीलाई २–०, स्वस्तिश्री गुरुकुलले न्यु एरा एकेडेमीलाई टाइब्रेकर र बोधीसत्वले एक्सेल्सियरलाई टाइब्रकेरमा हराउदै सेमिफाइनल यात्रा तय गरे । यु–९ उमेरसमूमा एक्सेल्सियरले संस्कृति तथा राई स्कुलले काभ्यासंग यसअघिनै सेमिफाइनल भिडन्त पक्का गरिसकेका छन् ।