२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा तीन जनाको मृत्यु



symbolic-picture
अ+ अ-

काठमाडौँ। देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । ती आगलागीमा परेर अन्य तीन जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले कूल विपद्का २४ घटनामध्ये आगलागीका १७, डढेलोका पाँच र वन्यजन्तु आक्रमणका दुई वटा घटना भएको जानकारी दिए ।

आगो ताप्ने क्रममा र खाना पकाउने क्रममा शरीरमा आगो सल्किएर उक्त घटना भएका हुन् । प्रवक्ता डा भट्टराईले सोलुखुम्बू, दाङ र गुल्मीमा मानवीय क्षति हुने गरी आगलागी भएको बताए। उता पाल्पामा बालकले गोठमा आगो लगाइदिँदै पाँच वटा बाख्रा र एउटा गाई मरेको छ ।

डढेलोसमेत सुरु भएकाले सचेत हुन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । पछिल्लो २४ घण्टामा सोलुखुम्बू, दाङ र गुल्मी, मोरङ, भोजपुर, सिरहा, रौतहट पर्सा, मकवानपुर, कास्की बाँके पाल्पा, सुर्खेत, सल्यान, कैलाली, म्याग्दी रुकुमपूर्व र मुगुमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । रासस