६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक

आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक
अ+ अ-

कास्की। विभागीय नेपाल पुलिस क्लब पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । यससँगै पुलिस ११औँ पटक फाइनल प्रवेश गर्न सफल भएको छ ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा खेलको ५८औँ मिनेटमा पुलिसका सञ्जिव लामाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिए । पेनाल्टी बक्सको बाहिरबाट सञ्जिवको कडा प्रहारलाई चर्चका गोलकिपर टिकेन्द्र थापाले रोक्ने मौकानै पाएनन् ।

लामाले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो र पुलिसले फाइनलमा  स्थान बनाउन सफल भयो । पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली हो । पुलिसले हालसम्म ६ पटक उपाधि चुमेको छ ।

पुलिसले आगामी फागुन ३ गते उपाधिका लागि थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबिचको भोली हुने खेलको विजेतासँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले नगद रू १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रू छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रू २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने छन् । रासस