२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल

नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह

नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

आज काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना भएको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख बालेन्द्र शाह (बालेन) ले, नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताए । ‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ ।’ उहाँले भन्नुभयो, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन ।

तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।’

आन्तरिक राजस्व संकलनमा विषयमा भएको छलफलका क्रममा प्रमुख शाहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यवसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भन्नुभयो, ‘व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नु पर्छ । चाहे त्यो व्यक्ति होस् । निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस् । यसमा दोधार हुनु पर्दैन ।

समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डंगोलले, लक्ष्यप्रति दृढ भएर काम गर्नु पर्नेमा जोड दिए । योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले समीक्षा सञ्चालन गरेको हो । समीक्षाको शुरुवातमा एकाइका प्रमुख सुमित्रा लामिछानेले समग्र प्रस्तुति गर्नुभएको थियो । यस क्रममा सम्बन्धित विभागका प्रमुखहरुले आफूसँग सम्बन्धित विषयमा स्पष्ट पार्नुभएको थियो ।

चालु आर्थिक वर्षको यस अवधिमा महानगरपालिकाले ४०.६६ किलोमिटर सडक कालोपत्रे, १०.३२ किलोमिटर सडक ढलान र ४१.३२ किलोमिटर सडकमा ब्लक छापेको छ । १२.१६ किलोमिटर ढल राखेको छ । १६ वटा भवन र ९ वटा पार्क निर्माण गरेको छ ।

२४ वटा मूर्त निर्माण र २६ वटा अमूर्त सम्पदा संरक्षण कार्य सम्पन्न भएका छन् । सार्वजनिक खरिदमार्फत ३२ वटा र उपभोक्ताबाट ७७ वटा योजना कार्यान्वयनमा गएका छन् । १५ वटा योजना खरिद प्रक्रियामा छन् । ११५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन र नक्साङ्कन भइरहेको छ । ५ वटा वडाभित्रका ठाउँहरुको मौलिक नाम अभिलेखन भइसकेको छ । ४६६ वटा मन्दिर र ८१ वटा ढुङ्गेधाराको सरसफाइ भएको छ । यस्तै ढुङ्गेधारा र हितिहरुको स्रोत र निकासा खोज्ने काम भइरहेको छ ।

अफिस अटोमेसन कार्यान्वयनमा ल्याइएको छ । यसबाट टिप्पणी, दर्ता चलानी अनलाइन प्रणालीबाट सञ्चालन हुने गरेको छ । इअफिसका लागि ४७८ वटा डिजिटल सिग्नेर प्रयोगमा ल्याइएको छ । महानगरपालिकाका ८५ वटा सेवा केन्द्रलाई इन्ट्रानेटबाट जोडिएको छ ।

सहरी योजना आयोगबाट ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । १० करोड रुपैयाँभन्दा धेरै लागत भएका १५ वटा, १० करोड रुपैयाँसम्मका २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिद सम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावहरुको मूल्याङ्कन र सम्झौता भएको छ ।
एकल सेवा केन्द्रमा विद्युतीय प्रणालीमा दर्ता गरेर ९ हजार ६०९ वटा निवेदनहरु सम्बन्धित विभागमा पठाइएको छ । १५ हजार जना सेवाग्राहीलाई सोधपुछमार्फत सेवा सम्बन्धी सहजीकरण गरिएको छ । एकल सेवा केन्द्रसँगै रहेका कक्षहरुबाट ४६५ जनालाई प्राथमिक र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । केन्द्रमा आउने सबै सेवाग्राहीलाई निःशुल्क चिया, कफी र पानी उपलब्ध गराइएको छ ।

श्रम वैङ्कबाट ६ सय ४ जनालाई रोजगारी दिइएको छ ।

‘स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा)’ मा ८२.८० अङ्क प्राप्त गरेको छ । प्रशासन सुधारका लागि समिति गठन गरेर अध्ययन भइरहेको छ । प्लान्ट वैङ्कको निर्माण सम्पन्न भएको छ । ११ हजार ६६५ वटा सामुदायिक कुकुर र विरालोलाई एन्टिरेविज भ्याक्सिन दिइएको छ । ७११ वटा खाद्य व्यवसायको अनुगमन गरिएको छ ।

खाद्य स्वच्छता मापन प्रयोगशाला स्थापना गरिएको छ । ५ चरणमा खाद्य स्वच्छता बुट क्याम्प सम्पन्न गरिएको छ । पानीको भौतिक, रसायनिक र जैविक परीक्षण गरेर व्यवसायीलाई सचेत गराइएको छ । १२ वटा सहकारीको गैरस्थलगत अनुगमन गरिएको छ । ११८ वटालाई कारवाहीका लागि प्रहरीमा पठाइएको छ ।

५९ वटा विद्युतीय, २ वटा ग्याँसजन्य र अरु १२ वटा आगलागीका घटना व्यवस्थापन गरिएको छ । ७५ वटा जोखिमपूर्ण रुख कटान गरिएको छ । १२ वटा वडामा ड्राइ राइजर जडान गरिएको छ । सामुदायिक विद्यालयहरुमा इहाजिरी प्रणाली कार्यान्वयनमा ल्याइएको छ । बुक फ्री फ्राइडे कार्यक्रमका विषयहरुमा पाठयक्रम तर्जुमा गरिएको छ । प्रयोगशालाहरु निर्माण गरिएको छ ।

बाल उद्धार कार्यदल र घटना व्यवस्थापन उपसमिति गठन गरिएको छ । चालु आर्थिक वर्षमा १७२ जना थपसहित १ हजार ७१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । ६३ वटा संस्था दर्ता गर्न र १ हजार ५०४ वटा संस्थालाई नविकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शिफारिस गरिएको छ । एक वडा एक नमूना कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ११ वटा वडा कार्यक्रम सञ्चालन प्रारम्भ गरिएको छ ।

४५ हजार व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गरिएको छ ।

२८८ वटा सडक अतिक्रमण हटाइएको छ । अनधिकृत पार्किङ् गर्ने १० हजार ४७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सचेत गराइएको छ । ९४ वटा फोहरमैला अनुगमन गरिएको छ । ३ वटा प्रदुषण नियन्त्रणका काम भएका छन् । अनधिकृत कार्यमा प्रयोग भएका साइकल र गाडा गरी २६३ वटा जफत गरिएको छ ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले २४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा यो रकम खर्च हुन्छ ।

चालु आर्थिक वर्षको आय १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । यसमा आन्तरिक आय ८ अरब ३५ करोड ७९ लाख रुपैयाँ हो । राजस्व बाँडफाँडबाट २ अरब ५० करोड २७ लाख रुपैयाँ, समानीकरण अनुदानबाट ७ अरब ७० करोड रुपैयाँ र सशर्त अनुदानबाट १ अरब ५९ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।