५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल



अ+ अ-

हेटौडा। बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताएका छन्।

यहाँको रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताए ।

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राखे । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताए ।

जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताएका थिए । उक्त सब डिभिजनको भवन एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो ।