
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने भएको छ ।
सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका हुन् ।
यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको धारणा छ ।
राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जसपा नेपालले पनि यसअघि नै यो अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । सरकारमै सहभागी लोसपासँग राष्ट्रियसभामा एक सीट छ ।