११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन

माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताउनुभएको छ ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताउनु भयो ।

उहाँले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निस्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताउनु भयो । उहाँले महादेवको उदारहण दिँदै उहाँले महादेवले काँधमा बोकेर विश्व घुम्ता सतीदेवीलाई पार लगाउन नसेको भन्दै माओवादी न सतीदेवी न र सत्यदेवी भन्दै टिप्पणी गर्नुभयो ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताउनु भयो । उहाँले धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको बताउनु भयो । समाजवादी मोर्चाप्रति लक्षित गर्दै उहाँले हात्तीको शिकार गर्न १०/१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पाणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । नेपाली काँग्रेसले यो समझदारी राखेको छ । नेपाली काँग्रेसले पनि चेत्यो । हामीले पनि चेत्यौँ । चेत्ने कुरा कहिले कहिले कस्तो हुँदो रहेछ भने शिवजीले समेत मरिसकेकी सतीदेवीलाई काँधमा हालेर घुम्दा घुम्दा, हिँड्दा हिँड्दा, न बाँच्छिन् उनी, यताको मासु खसेको छ, यहाँ पीठ बन्यो ।

उताको मासु खसेको छ, त्यहाँ पीठ बन्यो । दैलेख पुग्दा त्यहाँ पनि बोकेर गएर खसाएका रहेछन् मासु । यहाँ खसाएको, त्यहाँ गुह्वेश्वरीमा खसाएको । मासु खसिरहेको छ, उनी बोकेर हिँडिरहेका छन् । शिवजीले पनि अगतिला तत्वहरुलाई बोकेर हिँड्दा भएन भने हामीले बोकेर पार लाग्छ । भएका तत्वहरुलाई शिवजीले त बोकेर हिँड्दाखेरी सतीदेवीलाई त बचाउन सकेनन् ।

यि न सतीदेवी र न सत्यदेवी । यि गैरतत्वहरु । यि हामीले बोकेर पार लाग्छन् ? अनि हामीलाई के ठाने भने आएको छ ३२ नम्बर, जितेको छ १८ सिट । धाक कस्तो छ भने पाँच वर्ष नै खान्छु, जादुई नम्बर छ । जादुई नम्बर भनेको यसलाई धम्क्याउँछु खान्छु, भएन भने उसको काँधमा बुरुक्क उफ्रिएर चढ्छु, त्यो काँधमा चढेर उसलाई धम्क्याएर खान्छु । थाकेँ बोक्न गाह्रो भयो भन्यो भने त्यसो भए ल त ओल्ला घरमा आफू त सधैँ प्रधानमन्त्री । कस्तो मिठो सपना ।

गजबको मिठो सपना । त्यो सपना भंग भएपछि अहिले त्यस्ता तत्वहरुको बेहाल भएको छ । अहिले एउटा मोर्चा की के बनाएका छन् नि । मोर्चा पनि अलिकति एमाले र काँग्रेस जस्तो गरिखाने खालको बनाउनु नि बनाएपछि । हात्तीको शिकार खेल्छु भनेर १०÷१२ वटा स्याल जम्मा भएर वरपर कुदेका छन् । मोर्चा भनेर ।’

प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले अध्यक्ष नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दै देखेको की बस्दै गर्दा देखेको भन्दै प्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आशा पनि कस्तो हुँदो रहेछ । एक जना नेताले भनेका । म प्रधानमन्त्री हुन्छु भनेर कसै कसैको मन भतभती पोलेको छ । धिक्कार होस् तिनीहरुलाई । एक जनाले भाषण गरेका । ति प्रधानमन्त्री हुने सपना कहाँ देखे, कहिले देखे, कसरी देखे ? हिँड्दा हिँड्दै देखे कि, बसेका ठाउँमा देखे की सुतेको बेलामा देखे की ? यति ढुक्कले भने म प्रधानमन्त्री हुँदैछु भनेर कसैको मन भतभती पोलेको छ । त्यस्तो लाग्छ क्या कहिले कहिले मान्छेहरुमा ।’

उहाँले अहिले सरकारले कानूनी र संरचनागत रुपमा विकासका योजनाहरु अघि बढाइरहेको बताउनु भयो । नेकपा एमाले घेराबन्दीमा रहेको भएपनि ढुक्क भएर जनताको काम गर्न आग्रह गर्नुभयो ।

उहाँले २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले कर्मचारीले जनताको काम गर्नुपर्ने भन्दै पार्टीको काम गर्न कार्यकर्ता रहेको बताउनु भयो ।