८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेतान्याहुको चेतावनीः हमासले शनिबारसम्म बन्धकहरूलाई रिहा नगरे फेरि युद्ध सुरु हुनेछ

नेतान्याहुको चेतावनीः हमासले शनिबारसम्म बन्धकहरूलाई रिहा नगरे फेरि युद्ध सुरु हुनेछ
अ अ+ अ-

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार दिउँसो हमासले आफ्ना बन्धकहरूलाई रिहा नगरे युद्धविराम अन्त्य हुने बताएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार नेतन्याहुले आफ्नो सुरक्षा मन्त्रिपरिषद्सँगको ४ घण्टा लामो बैठकपछि यो वक्तव्य दिएका हुन् ।

यद्यपि नेतान्याहुले सबै बन्धकहरूलाई रिहा गर्ने वा शनिबार रिहा हुने तीन जना बन्धकहरूबारे कुरा गरेका हुन् भन्ने स्पष्ट भइसकेको छैन ।

इजरायली प्रधानमन्त्रीले भने-
हमासले युद्धविराम उल्लङ्घन गर्न र हाम्रा बन्धकहरूलाई रिहा गर्न अस्वीकार गर्दै आएको छ । यसलाई ध्यानमा राख्दै, मैले गाजा वरिपरि सेनाको संख्या बढाउन आईडीएफलाई आदेश दिएको छु । हमासले शनिबारसम्म बन्धकहरूलाई रिहा नगरे युद्धविराम समाप्त हुनेछ । हाम्रो सेनाले फेरि युद्ध सुरु गर्नेछ र हमासलाई नहराएसम्म जारी रहनेछ ।

इजरायलका रक्षा मन्त्रीले सेनालाई सतर्क रहन र गाजामा कुनै पनि अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएका छन् । इजरायली सेनाले गाजा डिभिजनका सैनिकहरूको सबै बिदा रद्द गरेको छ, जसले इजरायलले युद्ध पुनः सुरु गर्ने तयारी गरिरहेको संकेत गरेको छ ।

यसअघि हमासले इजरायली सेनाले गाजामा जाने सहायता रोकेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको थियो । यस्तो अवस्थामा उनीहरूले अर्को आदेश नआएसम्म बन्धकहरूको रिहाइ रोक्नेछन् ।