२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

अष्ट्रेलियाको सात सहरमा नेपथ्य
अ अ+ अ-

काठमाडौं: नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्नेभएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफुलाई प्रस्तुत गर्नेछ । आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ । त्यसबीच ब्याण्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफुलाई उभ्याउने छ ।

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यको यो सातौँ अष्ट्रेलिया यात्रा श्रृंखला हो ।

‘नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुती दिँदै आएको भएता पनि ब्याण्डलाई विशिष्ट कलेवरमा पहिलोपटक उभ्याउने काम अष्ट्रेलियाले गरेको थियो,’ मुख्य गायक एवं अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यहाँका श्रोता दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविष्मरणीय छाप छोड्दै आएको छ ।’

अष्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्याण्डका सदस्य र आठजना प्राविधिक एवं व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेशनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’ मा आयोजना हुनेछ । त्यसको छ दिनपछि अर्थात् मार्च महिनाको ९ तारिख पर्थको ‘मेट्रो सिटी’मा नेपाली लोकरकको चीरपरिचित स्वर गुञ्जिनेछ । यो सहर वेस्टर्न अष्ट्रेलिया राज्यको राजधानी हो ।

मुलुककै पश्चिमी किनारामा यसरी प्रस्तुत हुनासाथ ब्याण्ड फेरि पूर्वी किनाराको ब्रिस्बेन पुग्नेछ । क्विन्स्ल्याण्ड राज्यको यो राजधानीस्थित ‘दी टिभोली’ हलमा मार्चको १४ तारिख प्रस्तुती रहनेछ ।

त्यसको लगत्तै टोली दक्षिणवर्ती टापु तास्मानियाको यात्रामा हिँड्नेछ । राजधानी होबार्टस्थित ‘ओडिअन थिएटर’  मा मार्च १८ तारिख नेपथ्यका गीतहरु सुनाइने छन् । यो हलमा यसअघि पनि ब्याण्डले कार्यक्रम गरिसकेको छ ।

पाँचौ प्रस्तुती भने साउथ अष्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुनेछ ।  मार्च २१ तरिखका दिन त्यहाँस्थित ‘हिण्ड्ले स्ट्रीट म्यूजिक हल’ मा ब्याण्डले प्रस्तुती दिनेछ ।

त्यस लगत्तैको कन्सर्टका लागि ब्याण्ड भिक्टोरिया राज्यको राजधानी मेलबर्न पुग्नेछ । मार्च २४ तारिखका दिन त्यहाँस्थित ‘फेस्टिभल हल’ मा नेपथ्यले आफूलाई उभ्याउनेछ ।

त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलाद्र्धमै ब्याण्डका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ ।

अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा नेपथ्य कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ । थुप्रै विश्वविख्यात कलाकारहरुले आफूलाई प्रस्तुत गरिसकेको मुर पार्क स्थित यो हलमा नेपथ्य दोश्रोपटक उभिनलागेको हो ।

यसरी सिड्नीमा ब्यापक दर्शकको घेरा अनुभव गरिसकेपछि ब्याण्ड स्वदेश फिर्तिको तयारीमा लाग्नेछ ।

‘श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतीका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृत थप्छन्, ‘त्यहाँका दर्शकहरुलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्याण्डसँग नेपालय आवद्ध भएको यो २५ औं वर्ष पनि हो । यसबीच ब्याण्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफुलाई उभ्याइसकेको छ ।

‘नेपालीभाषीको उल्लेख्य उपस्थितीसँगै अष्ट्रेलियामा नेपाली कलाको बजार विकास भइसकेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसलाई अझ विस्तारित एवं दिगो बनाउँदै लैजान हामीले नेपथ्यलाई सदैव जिम्मेवारीपूर्वक उपस्थित गराउँदै आएकोमा यसपाला पनि त्यसले निरन्तरता पाउनेछ ।’

अष्ट्रेलियाका सबैजसो कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । सबै शोको बुकिङसमेत खुला भइसकेको छ । कतिपय सहरमा भने विशेष छुट सहितका अग्रीम बुकिङ खुला गर्नेबित्तिकै त्यस्ता छुट्याइएका टिकट समाप्त भइसकेको जानकारी पनि आइरहेका छन् । सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् जानकारी पाउन सक्नेछन् ।