२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल

यी चर्चित खेलाडीहरु जो च्याम्पियन्स ट्रफीमा देखिने छैनन्

यी चर्चित खेलाडीहरु जो च्याम्पियन्स ट्रफीमा देखिने छैनन्
अ अ+ अ-

काठमाडौँ । धेरै दिग्गज खेलाडी च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएका छन् । भारतीय टिमका फास्ट बलर जसप्रित बुमराह घाइते भएका छन् ।

उनी प्रतियोगितामा देखिने छैनन् । यस्तै, अस्ट्रेलियाका नियमित कप्तान प्याट कमिन्स र मिचेल स्टार्क पनि प्रतियोगिताबाट बाहिर छन् । भारत, अष्ट्रेलिया, पाकिस्तान र अफगानिस्तानलगायत धेरै टोलीले ठूलो क्षति बेहोरेको छ । अहिलेसम्म आठ खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् ।

च्याम्पियन्स ट्रफीअघि अस्ट्रेलियाले सबैभन्दा ठूलो क्षति बेहोरेको छ । कप्तान प्याट कमिन्स घाइते भएका छन् । जोस हेजलउडको अवस्था पनि राम्रो छैन । मिचेल मार्स ढाडको समस्याबाट पीडित छन् । मार्कस स्टोइनिसले पनि खेल्ने छैनन् । मिचेल स्टार्क व्यक्तिगत कारणले बाहिर छन् । यसरी अस्ट्रेलियाका पाँच अनुभवी खेलाडीले च्याम्पियन्स ट्रफी खेल्ने छैनन् ।

भारतीय टिमका अनुभवी फास्ट बलर जसप्रित बुमराह पनि घाइते भएका छन् । उनको स्थानमा हर्षित राणाले टिम इन्डियाबाट खेल्नेछन् । अफगानिस्तानका खेलाडी एएम गजानफर फ्र्याक्चरका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । पाकिस्तानी खेलाडी साम अयुब घाइते भएका छन् । उनले पनि खेल्ने छैनन् । दक्षिण अफ्रिकी खेलाडी गेराल्ड कोएत्जी र एनरिक नोर्खियाले पनि खेल्ने छैनन् । यी दुवै खेलाडी घाइते
छन् ।

च्याम्पियन्स ट्रफी २०२५ का लागि टिमहरूको स्क्वाडः
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, रविन्द्र जडेजा, वरुण चक्रवर्ती

पाकिस्तानः मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, कामरान गुलाम, साउद शकील, तय्यब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अबरार अहमद, हरिस रउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रिदी ।

अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), सेन एबोट, एलेक्स केरी, बेन ड्वार्सिस, नाथन एलिस, जेक फ्रेजर–म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोन्सन, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याथ्यू शर्ट, एडम जाम्पा ।

अफगानिस्तानः हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रहमानउल्लाह गुरबाज, सेदिकुल्लाह अटल, रहमत शाह, इक्राम अलीखिल, गुलबादिन नाइब, अजमातुल्लाह उमरजाई, मोहम्मद नाबी, राशिद खान, नांग्याल खरोटे, नूर अहमद, फजलहक फारुकी, फरीद मलिक, नाभिद जादरान ।

दक्षिण अफ्रिकाः टेम्बा वभुमा (कप्तान), टोनी डी जोर्जी, मार्को यानसेन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, वायान मुल्डर, लुंगी एनगिडी, कागिसो रबाडा, रायन रिकेल्टन, तबरेज शम्सी, ट्रिस्टन स्टब्स, रसी भ्यान डेर डुसेन, कर्विन बोस

इंग्ल्याण्डः जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एट्किन्सन, ज्याकब बेथेल, ह्यारी ब्रुक, ब्राइडन कार्स, बेन डकेट, जेमी ओभरटन, जेमी स्मिथ, लियाम लिभिङस्टोन, आदिल राशिद, जो रुट, साकिब महमूद, फिल साल्ट, मार्क वुड ।

बंगलादेशः नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, तान्जिद हसन, तौहिद हृदोय, मुशफिकुर रहिम, एमडी महमुद उल्लाह, जाकेर अली अनिक, मेहिदी हसन मिराज, रिशाद हुसेन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज होसाई इमोन, नसुम हसन सान्ना, नासुम हसन, नाजुम रहिम ।

न्युजिल्याण्डः मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्क, ग्लेन फिलिप्स, रचिन रविन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियमसन, विल यंग ।