२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिर, हर्षितलाई मौका



अ+ अ-

काठमाडौँ । भारतीय फास्ट बलर जसप्रित बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् ।

चोटबाट निको हुन नसकेपछि उनको स्थानमा हर्षित राणालाई अन्तिम टोलीमा समावेश गरिएको हो ।

फेब्रुअरी ११ आईसीसी प्रतियोगिताका लागि टोली परिवर्तन गर्ने अन्तिम मिति थियो । टीम इन्डियाले बुमराहसँगै यशस्वी जैसवाललाई पनि बाहिर राखेको छ ।

यशस्वीको स्थानमा वरुण चक्रवर्ती टोलीमा परेका छन् । यशस्वी ट्राभलिङ रिजर्भ हुनेछन्, उनीसँगै शिवम दुबे र मोहम्मद सिराज पनि रिजर्भ खेलाडीमा परेका छन् ।

बुमराहको ढाडको चोट फेब्रुअरी ७ मा स्क्यान गरिएको थियो । बुमराहलाई इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजका लागि पनि टिममा छनोट गरिएको थियो ।

तर, उनको स्थानमा वरुण चक्रवर्तीलाई टोलीमा समावेश गरिएको थियो ।

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलिः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, वरुण चक्रवती र कुलदीप यादव ।

रिजर्भः यशस्वी जैसवाल, मोहम्मद सिराज र शिवम दुबे ।