१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

क्यान्टोनमेनमा माओवादीले घोटाला गरेको छः सांसद रिजाल

क्यान्टोनमेनमा माओवादीले घोटाला गरेको छः सांसद रिजाल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेनमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्टोनमेनमा गएर आफ्ना लडाकुहरुलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरु विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गर्नुभयो । उहाँले त्यो भन्दा ठूलो शब्द प्रमाण के हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले नेकपा ९माओवादी केन्द्र० को जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरु चोखो नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दलको नेताले संसदमा बोल्दा वर्तमान सरकारले सबै कुरामा भ्रष्टाचार गरेको भनेर दलिल पेश गर्नुभयो । त्यसरी अभिनय गर्नुभयो । सुन्दा सुन्दै उहाँ कुनै खालको शब्द प्रमाण भन्नुको पछाडि एउटा कुरा छ । हाम्रो सम्माननीय नेता, प्रतिपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री क्यान्टोनमेनमा जानुहुन्छ । क्यान्टोनमेनमा गएर त्यहाँ आफ्ना लडाकुहरुलाई आफ्नो विद्रोहको तयारी गर्दैछौँ भन्नुहुन्छ, सेनाको संख्या घट्यो तपाईंहरु भन्नुहुन्छ त्यहाँ । होइन सेनाको संख्या बढाएका छौँ । हामी सबैलाई थाहा छ । हामी युद्धको बेलामा सात हजार थियौँ भन्नुहुन्छ । तर हामीले शान्ति प्रक्रियामा आइसकेपछि ३५ हजार पु¥याऔँ भन्नुहुन्छ । अनि ३५ हजारको भेरिफिकेसन १९ हजारमा आयो भन्नुहुन्छ । अहिले हामी ७ हजारबाट १९ हजार भयौँ । यही हो नेतृत्वको कुटनीतिक रणनीतिकरण भनेर भन्नुहुन्छ । राज्यले पैसा दिन्छ, केही लिनुहोला खर्चको रुपमा अरु पैसाहरु सबै विद्रोहको रुपमा तयार गरिन्छ भन्नुहुन्छ । म भन्छु नि बेलाबेलामा ट्रकमा आउँछ भनेर । त्यसको लागि तयारी गरिनेछ भनेर स्पष्ट गर्नुभएको छ । यो शब्द प्रमाण होइन र ? सुप्रिमोले क्यान्टोनमेनमा गएर दुनियाँले सुन्नेगरी जताततै सुनिनेगरी त्यो भन्नु के त्यहाँ भ्रष्टाचार भएको छैन भनेर । कि त प्रमुख प्रतिपक्ष दलको नेता बोलेको होइन भनेर पुष्टि हुनुपर्छ । होइन भने उहाँले बोलेको कुराका आधारमा क्यान्टोनेमनमा भ्रष्टाचार भएको थिएन भनेर कसरी पत्याउने ? यो भ्रम र भ्रान्ति दिने काम नगरौँ । हामीले अरु पनि कुरा सुनेका छौँ । चीनतिरको व्यापारीसँग फोन सम्पर्क गरेको कुराहरु । यति पैसा, उति पैसा चाहियो भन्नेहरु नेकपा (माओवादी केन्द्र) को अत्यन्तै जिम्मेवार व्यक्तिबाट हामीले सुनेका छौँ । आफू सबैकुराबाट शुद्ध अरुलाई मिथ्या ढंगले आरोपित गर्न मिल्दैन ।’

उहाँले आफू सबैकुराबाट शुद्ध र अरुलाई मिथ्या ढंगले प्रश्तुत गर्नेकुरा नमिल्ने बताउनु भयो ।