५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्टोनमेनमा माओवादीले घोटाला गरेको छः सांसद रिजाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेनमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले क्यान्टोनमेनमा गएर आफ्ना लडाकुहरुलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरु विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गर्नुभयो । उहाँले त्यो भन्दा ठूलो शब्द प्रमाण के हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले नेकपा ९माओवादी केन्द्र० को जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरु चोखो नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्ष दलको नेताले संसदमा बोल्दा वर्तमान सरकारले सबै कुरामा भ्रष्टाचार गरेको भनेर दलिल पेश गर्नुभयो । त्यसरी अभिनय गर्नुभयो । सुन्दा सुन्दै उहाँ कुनै खालको शब्द प्रमाण भन्नुको पछाडि एउटा कुरा छ । हाम्रो सम्माननीय नेता, प्रतिपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री क्यान्टोनमेनमा जानुहुन्छ । क्यान्टोनमेनमा गएर त्यहाँ आफ्ना लडाकुहरुलाई आफ्नो विद्रोहको तयारी गर्दैछौँ भन्नुहुन्छ, सेनाको संख्या घट्यो तपाईंहरु भन्नुहुन्छ त्यहाँ । होइन सेनाको संख्या बढाएका छौँ । हामी सबैलाई थाहा छ । हामी युद्धको बेलामा सात हजार थियौँ भन्नुहुन्छ । तर हामीले शान्ति प्रक्रियामा आइसकेपछि ३५ हजार पु¥याऔँ भन्नुहुन्छ । अनि ३५ हजारको भेरिफिकेसन १९ हजारमा आयो भन्नुहुन्छ । अहिले हामी ७ हजारबाट १९ हजार भयौँ । यही हो नेतृत्वको कुटनीतिक रणनीतिकरण भनेर भन्नुहुन्छ । राज्यले पैसा दिन्छ, केही लिनुहोला खर्चको रुपमा अरु पैसाहरु सबै विद्रोहको रुपमा तयार गरिन्छ भन्नुहुन्छ । म भन्छु नि बेलाबेलामा ट्रकमा आउँछ भनेर । त्यसको लागि तयारी गरिनेछ भनेर स्पष्ट गर्नुभएको छ । यो शब्द प्रमाण होइन र ? सुप्रिमोले क्यान्टोनमेनमा गएर दुनियाँले सुन्नेगरी जताततै सुनिनेगरी त्यो भन्नु के त्यहाँ भ्रष्टाचार भएको छैन भनेर । कि त प्रमुख प्रतिपक्ष दलको नेता बोलेको होइन भनेर पुष्टि हुनुपर्छ । होइन भने उहाँले बोलेको कुराका आधारमा क्यान्टोनेमनमा भ्रष्टाचार भएको थिएन भनेर कसरी पत्याउने ? यो भ्रम र भ्रान्ति दिने काम नगरौँ । हामीले अरु पनि कुरा सुनेका छौँ । चीनतिरको व्यापारीसँग फोन सम्पर्क गरेको कुराहरु । यति पैसा, उति पैसा चाहियो भन्नेहरु नेकपा (माओवादी केन्द्र) को अत्यन्तै जिम्मेवार व्यक्तिबाट हामीले सुनेका छौँ । आफू सबैकुराबाट शुद्ध अरुलाई मिथ्या ढंगले आरोपित गर्न मिल्दैन ।’

उहाँले आफू सबैकुराबाट शुद्ध र अरुलाई मिथ्या ढंगले प्रश्तुत गर्नेकुरा नमिल्ने बताउनु भयो ।