११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday
Latest
पाँच सामुदायिक वनमा जिप सफारी सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग भारतबाट उत्पन्न हुने कुनै पनि खतरा प्रति कडा र उपयुक्त प्रतिक्रिया दिइनेछ : पाकिस्तान नवनियुक्त शिक्षामन्त्रीद्वारा पदबहाली ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’ युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री किएभमा रुसी क्षेप्यास्त्र हमलामा ९ जनाको मृत्यु, ६३ घाइते संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले डिल गरिरहेको छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । प्रतिपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटको स्थगित भएको छ ।

शुन्य समय सकिएछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग प्रतिपक्षीले राखेका थिए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएपनि प्रतिपक्षीहरुले अडान नछाडेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।