२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा दुई विमान ठोकिँदा एक जनाको मृत्यु



अ+ अ-

एजेन्सी। अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।

दुर्घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सीएनएनले दिएको खबरअनुसार अवतरण गर्ने क्रममा एक सानो जेट पार्किङ गरिराखेको अर्काे व्यवसायिक जेटमा ठोक्किएको हो ।

अवतरण गर्न लागेको लिअरजेट ३५ए विमान मोट्ली क्रु गायक भिन्स नीलको स्वामित्वमा रहेको छ । नील भने त्यसमा सवार नरहेको उनका प्रतिनिधि वोरिक रोबिन्सनले बताएका छन् ।

टेक्सासको अस्टिनबाट उडेको विमान दिउँसो करिब २ः४५ बजे स्कट्सडेल विमानस्थलमा अवतरण भएको थियो । ल्याण्डिङ गेयर फेल भएर दुर्घटना भएको विमानस्थलका उड्डयन योजना तथा आउटरिच संयोजक केली कुएस्टरले बताएका छन् ।