काठमाडौं । गत असार १० गते देखी पटक पटक बस्दै रोकिदै आएको नेकपा स्थायी समितिको बैठक पटक पटक बस्दै रोकिदै आएको अब भने यस पटकका लागि औपचारिक रुपमा नै सकिने भएको छ । भाद्र २६ गतेका लागि बालुवाटारमा बोलाईएको बैठक सम्भबत त्यही दिन नभए २७ गते सक्ने गरी कार्यसूची तयार पारिएको जनाईएको छ ।
स्थायी समितिको बैठक सुरु हुने बित्तिकै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधबकुमार नेपाल तथा झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजिनामा दिनु पर्ने विषयलाई औपचारीक तथा अनौपचारीक रुपमा उठाएपछि बैठक नियमित कार्यसूचीमा प्रबेश नै नगरी रोकियो । बैठक मात्र स्थगित भएन नेताहरु एक अर्काप्रति आरोप प्रत्योरोपमा उत्रिँदै कुनैपनि बेला पार्टी पनि बिभाजन हुनसक्ने बताउँदै हिँडे । यहाँसम्म कि कार्यकर्तालाई मानसिक रुपमा तयार रहन समेत निर्देशन दिन उनीहरुले भ्याए । आफना गुटका नेताको यस्तो निर्देशन पाएपछि एक अर्कालाई न्वरानदेखिको बल लगाउँदै खुईल्याउन हौसिएका कार्यकर्ताहरु निर्देशन दिने नेता फेरि सहमतिका लागि भन्दै बालुवाटार प्रबेश गरेपछि कार्यकर्ताहरुलाई लाजले मुख छोप्ने अबस्था सम्म पुग्यो ।
लगभग नेकपा फुट्यो भन्ने अबस्थमा पुगेको बेला फेरि नाटकिय रुपमा अध्यक्ष ओली र दहालले पार्टीभित्र देखिएका समस्या र तीनको समाधान पहिचान गर्नभन्दै महाससचिब बिष्णु पौडेलको संयोजकत्बमा ६ सदस्य कार्यदल गठन गरेपछि चर्केर धरापमा परेको नेकपा फेरि जोडिएको नै त नभनौँ तर जेहोस् जोडिने प्रयत्नमा लागेको देखिएको छ । अर्थात तत्कालका लागि नेकपामा युद्धबिराम भएको छ ।
कार्यदल गठनप्रति भित्रभित्रै असन्तुष्टि जनाउनु भएका बरिष्ठ नेता नेपालले सचिवालयको बैठकमा भने कार्यदललाई लाई सहमति सहति अनुमोदन गर्नुभयो । फेरि कार्यदलले निकै मेहनत गरेर तयार गरेको प्रतिबेदन माथी असहमति जनाउदै नेता नेपालले फरक दृष्टिकोण राख्नु भएको छ । सायद फेरि पनि असन्तुष्टि जनाउदै नेता नेपालले प्रतिबेदनमा सहसमति जनाउनु हुनेछ । किनकी हिजो उहाहरुको को मुद्धामा साथ दिनुभएका प्रचण्ड आज अध्यक्ष ओलीसंग सहमतिका हात अघि बढाइसक्नुभएको देखिएको छ । फेरि एकपटक धोकाको अनुभुति नेता नेपालले गर्नुभए पछि यसपटक स्थायी समितिको बैठक खासै गराम गरम नहुने पक्का जस्तै छ ।
स्थायी समितिको बैठकपछि मन्त्रिमण्डलको चर्चा चलेका कारण पनि मन्त्री रहेका र मन्त्री हुन खुट्टा उचालिरहेका नेताहरु शीर्षनेताहरु प्रति खासै आक्रमक हुने सम्भाबना कम देखिन्छ । सांसद पनि नभएका र मन्त्री बन्ने अबस्थामा पनि नरहेका केही नेताले भने फेरी एक पटक बिधि र पद्धतिको कुरालाई उठाउने कुरालाई नकार्न सकिदैन । दुई अध्यक्षले कार्यदलले दिएको प्रतिबेदन लाई नै आधार मानेर अघि बढ्ने जनाएको अबस्थामा नेताहरुको जिम्मेबारी हेरफेर तथा अन्य अबसरहरुको ढोका खुल्नेहुदा हिजो जेजस्तो भए पनि आज जोखिम लिने मुडमा नेताहर नदेखिन सक्छन् ।
यस अघि नै स्थायी समितिको बैठकपछि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने कुरा बुझेका नेताहरु पछिल्लो समय आफु अनुकुल नेताको दैलोमा पुग्न भ्याई नभ्याई छ । सचिवालयका एक सदस्यका अनुसार हाल रिक्त रहेको तीन मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने, पहिलो लटमा गएका सबै मन्त्रीलाई फिर्ता बोलाई सबै टिम नै नया पठाउने, वरिष्ठहरुलाई मात्र राखि अरुलाई फिर्ता बोलाउने र कार्यक्षमताका आधारमा जो सुकैलाई पनि फिर्ता बोलाउन सक्ने बारेमा शीर्षतहमा छलफलमा भएको छ ।
जसका कारण पदमा बहाल रहेकाहरु पनि आक्रमक हुने अबस्था छैन भने अबसर पर्खेर बसेकाहरु पनि आक्रमक भएर नेतृत्वलाई चिड्याउने पक्षमा नजान सक्छन् । जसका कारण साढे दुई महिनाको नेकपा भित्रको माथापच्छि अन्तमा माछो माछो भ्यागुतोमा पुगेर जनबादको अघिकेतिम उपायोग भएको निष्कर्षसहित सकिने देखिन्छ। अहिलेलाई युद्धविराम भनिएको आन्तरिक कलहलाई यो बैठकले सौहार्दता नदिए पनि सौहार्दपूर्ण रुपमा सहमति सहित बैठक सकिएको बनिबनाउ जानकारी प्रवक्ता नारायणकाजीको आउने नै छ । आखिर उहाँहरुसँग पनि अहिलेलाई योबाहेक अरु के नै बाँकी रह्यो र ?











