४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित रहँदै अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि



अ+ अ-

काठमाडौँ । सीवाइसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।

अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन जोड्दै टीमलाई माथि उकासेका थिए । डडेल्धुराका अभिषेक गौतमले ४ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको डडेल्धुराले १८ ओभरमा ८४ रनमात्रै जोड्न सक्यो । अत्तरियाका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाए भने ओपनर कुशल भुर्तेल २० रन जोडेर आउट भए ।

अत्तरियाका सहाब आलम र दीपेश कँडेलले ३–३ विकेट लिए ।

अत्तरिया प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले भने पाँच लाख प्राप्त गर्यो ।