२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः महामन्त्री थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति काँग्रेस नरहने बताउनुभएको छ ।

सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने बताउनु भयो ।

उहाँले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट गर्न नसक्ने बताउनु भयो । त्यसो गरेको खण्डमा काँग्रेस नरहने उहाँको चेतावनी छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताउनु भयो । त्यस्तो हुनसके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरीकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनैबेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनैपनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो काँग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रश्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन ।’

महामन्त्री थापाले निर्वाचनको बेलामा काँग्रेसको बिरुद्धमा जो पनि जोसँग पनि मिल्नसक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गर्नुभयो ।