३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा इमान्दारिताको खडेरी लाग्योः सांसद आलेमगर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । हउाँले देशमा इमान्दारिता आवश्यक रहेको बताउनु भयो । उहाँले देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्ने बताउनु भयो । तर नेपालमा कलकारखाना, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रुमपा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरुलाई, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति यो देशमा देखापरेको छ ।’

उहाँले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताउनु भयो । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको बताउनु भयो ।