१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा इमान्दारिताको खडेरी लाग्योः सांसद आलेमगर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । हउाँले देशमा इमान्दारिता आवश्यक रहेको बताउनु भयो । उहाँले देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्ने बताउनु भयो । तर नेपालमा कलकारखाना, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रुमपा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरुलाई, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति यो देशमा देखापरेको छ ।’

उहाँले माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको बताउनु भयो । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको बताउनु भयो ।