२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैनः सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सरकारले ल्याएको अध्यादेशको विषयमा सबैतिर चर्चा रहेको बताउनु भयो । उहाँले संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर अध्यादेश नल्याइएको बताउनु भयो । उहाँले संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको र बिरोध गर्नु प्रतिपक्षको स्वभाव भएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल नियमन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अध्यादेशको विषयमा अहिले संसद बाहिर र र भित्र सबैतिर चर्चाको विषय छ । सदन चल्नुभन्दा केही अगाडि ६ वटा अध्यादेश सरकारले ल्याएको छ । यि ६ वटा अध्यादेशमा जुन ढंगबाट चर्चा, परिचर्चा भएको छ । यसलाई हेर्दा के अध्यादेश ल्याउनु ठूलै गल्ती हो । यसमा गर्ने ठाउँ छ की छैन । संविधानको व्यवस्थालाई नजरअन्दाज गरेर ल्याइएको हो रु यि सबै पक्षलाई विश्लेषण गरौँ । सबै सरकारले यस्ता अध्यादेश ल्याएका छन् । प्रजातान्त्रिक मुलुकको अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि अध्यादेश ल्याएका छन् । संविधानअन्तर्गत नै रहेर सरकारले ६ वटा अध्यादेश जारी गरेको छ । कुनैपनि अध्यादेश निर्विकल्प, सर्वसम्मत भएको कतै पनि पाएका छैनौँ ।’

हाँले कुनैपनि अध्यादेश निर्विकल्प, सर्वसम्मत नभएको बताउनु भयो ।