१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री चौधरीलाई माओवादी सांसदको प्रश्नः ०४७ सालको संविधान कार्यान्वयन हो की, संशोधन भइसक्यो?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले श्री ५ को सरकार लेखेर नियमावलीमा हस्ताक्षर गरेकोबारे जवाफ माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले मन्त्री चौधरीको जवाफ माग गर्नुभएको हो । उहाँले युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४ (१) बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुदमन्त्रीज्युको कार्य सम्पादन अनुसूचि ४ ९१० बमोजिम फारम मूल्यांकनमा श्री ५ को सरकारले प्रचलित कानूनअनुसार ल्याएको भन्नेकुरा आएको छ । यो के हो ? ०४७ सालको संविधान कार्यान्वयन हो की ? संशोधन भइसक्यो बुझ्न चाहन्छु ।’

खानेपानी मन्त्रालयमा आगलागी भएको भन्ने जानकारी आएको भन्दै सिंहदरबारमै आगलागी हुन्छ भने गाउँको अवस्था के होला भन्दै प्रश्न गर्नुभयो ।