२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोर प्रहरीले एड शीरनको सडक प्रदर्शन रोकेपछि…



अ+ अ-

एजेन्सी । ग्र्यामी अवार्ड विजेता ब्रिटिश गायक एड शीरन आफ्नो म्याथम्याटिक्स भ्रमणको एक भागको रूपमा भारत भ्रमणमा छन् ।

गायक आइतबार बैंगलोरको चर्च स्ट्रीटमा लाइभ प्रदर्शन गर्दै थिए । बैंगलोर प्रहरीले गायकको सडक प्रदर्शन बीचमै रोक्यो । गायकको टोलीले कार्यक्रमका लागि प्रशासनबाट अनुमति नलिएको प्रहरीले जनाएको छ ।

तर, गायकको टोलीले प्रहरीलाई यस कार्यक्रमको लागि अनुमति लिएको जानकारी गराएको छ । प्रदर्शन केही मिनेट मात्रै चलेको तर भीड बढेपछि प्रहरीले हस्तक्षेप गरेको टोलीले जनाएको छ ।

एड शीरन बैंगलोरको सडकमा आफ्नो चर्चित गीत शेप अफ यू गाउँदै थिए । यसै क्रममा एक प्रहरीले शीरनको माइक्रोफोनको प्लग ताने । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।