२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोर प्रहरीले एड शीरनको सडक प्रदर्शन रोकेपछि…



अ+ अ-

एजेन्सी । ग्र्यामी अवार्ड विजेता ब्रिटिश गायक एड शीरन आफ्नो म्याथम्याटिक्स भ्रमणको एक भागको रूपमा भारत भ्रमणमा छन् ।

गायक आइतबार बैंगलोरको चर्च स्ट्रीटमा लाइभ प्रदर्शन गर्दै थिए । बैंगलोर प्रहरीले गायकको सडक प्रदर्शन बीचमै रोक्यो । गायकको टोलीले कार्यक्रमका लागि प्रशासनबाट अनुमति नलिएको प्रहरीले जनाएको छ ।

तर, गायकको टोलीले प्रहरीलाई यस कार्यक्रमको लागि अनुमति लिएको जानकारी गराएको छ । प्रदर्शन केही मिनेट मात्रै चलेको तर भीड बढेपछि प्रहरीले हस्तक्षेप गरेको टोलीले जनाएको छ ।

एड शीरन बैंगलोरको सडकमा आफ्नो चर्चित गीत शेप अफ यू गाउँदै थिए । यसै क्रममा एक प्रहरीले शीरनको माइक्रोफोनको प्लग ताने । जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।




भर्खरै