९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

पाथीभरा केबलकारः वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट

पाथीभरा केबलकारः वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट
अ अ+ अ-

काठमाडौ ।  प्रसिद्ध देवी पाथीभरासम्म पुग्न अशक्त एवं बृद्धबृद्धाका लागि सहजता प्रदान गर्न निर्माण गर्न लागिएको केबलकार परियोजनालाई राजनीतिकरण गरेर काठमाडौँसम्म ल्याएपछि परियोजना निर्माण हुने जिल्ला ताप्लेजुङ जिल्लाबासी असन्तुष्ट बनेका छन् ।

उनीहरुले आफ्नो जिल्लामा र अधिकांश जिल्लाबासीको सहमतिमा निर्माण हुन लागेको सो परियोजनामा अवरोध भइरहेकोप्रति असन्तुष्टि जनाउँदै नो केबलकारका नाममा काठमडौँमा गरिएको भनिएको वार्ताको कुनै अर्थ नरहेको जनाएका छन् ।

जिल्लाबासीले उक्त परियोजना निर्माण हुँदा त्यसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने र प्रभावित हुने पनि जिल्लाबासी भएकाले विभिन्न जिल्लाबाट सहभागी भएका भनिएका विभिन्न समूह र व्यक्तिका नाममा गरिने वार्ता एवं त्यसमा हुने कुनै पनि सहमति जिल्लाका लागि मान्य नहुने पनि बताएका छन् ।

साथै उनीहरुले सो वार्ता कमिटीमा भएको सहमागिताका विषयमा पनि विरोध जनाएका छन् । ताप्लेजुङ जिल्लामा आउन लागेको बृहत विकास परियोजनाको निर्णय जिल्लाभन्दा बाहिरका मानिसहरु बसेर काठमाडौँमा गर्ने सहमतिबाट स्थानीय सहमत नहुने कुरा उनीहरुले स्पष्ट गरेका हुन् ।

नो केबलकरका नाममा सो पक्षबाट सरकारी वार्ता टोलीमा सहभागिता जनाउने व्यक्ति हिजो सार्वजनिक गरिएको थियो र त्यसमा जिल्ला बाहिरका मानिसहरु राखिएको छ । त्यसैले ताप्लेजुङ जिल्लाका विभिन्न राजनीतिक दलहरु, जिल्लाका संघ, प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधिहरु, जिल्ला उद्योग वाणिज्य संघ, होटल एसोसिएसन, निर्माण व्यवसायी महासंघ र स्थानीय अभियन्ता तथा समाजसेवीहरुको सो समितिमा सहभागिता हुनुपर्ने उनीहरुको माग छ ।

ताप्लेजुङको पाथीभरामा केबलकार बन्दैछ तर विरोध काठमाडौँमा गरिएको छ । निर्माणस्थलमा शान्त छ, काम भइरहेको छ । आयोजना क्षेत्रका नागरिक जतिसक्दो चाँडै केबलकार बनाउन आग्रह गरिरहेका छन् तर विरोध भने बाहिरी जिल्लाका मानिसले गरिरहेका छन् । हुनत यो बृहत परियोजनाले समग्र कोशी प्रदेशकै आर्थिक विकास र जनताको उन्नतिका लागि सहयोग पुर्याउँछ तर पनि पहिलो प्रत्यक्ष प्रभावित र लाभान्वित हुने भनेको ताप्लेजुङ जिल्लाकै बासिन्दा हुन् । तर उनीहरुलाई खासमा भन्ने हो भने बोल्न दिइएको छैन । आयोजनास्थलमा पनि बाहिरकै मान्छे जान्छन्, हुल हुज्जत गर्छन् र प्रहरीमाथि नै जाइलागेर गोली हान्न बाध्य बनाउँछन् । यो आयोजना समयमै बन्दा सबैभन्दा बढी फाइदा ताप्लेजुङबासीमा हुने भएकाले उनीहरु परियोजना समयमै सक्न चाहन्छन् ।

तर केही समययतादेखि यो परियोजनालाई राजनीतिकरण गरिएको छ । यो राजनीतिकरणले स्थानीयको मुद्दालाई छायाँमा पारेको छ । यहाँसम्म कि यसअघिका वार्ता समितिलाई भंग गरेर फेरि अर्काे वार्ता टोली बनाइएको छ तर पनि त्यसमा ताप्लेजुङ जिल्लाका प्रतिनिधि भने छैनन् । यसबाट उनीहरु विकास रोक्न र अर्काको जिल्लामा भएको विकास निर्माणको कार्यमा अवरोध गर्न चान्छन् ।

जिल्लाका सबै राजनीतिक दलका नेताहरु परियोजना बन्नुपर्ने बताउँछन् । अहिले उनीहरु आफ्ना बारेमा काठमाडौँमा बसेर कुनै अमुक व्यक्ति तथा समूहले गरेका कुनै पनि निर्णय नमान्ने पक्षमा रहेको बताएका छन् । उनीहरुले भनेका छन्– आयोजना निर्माण हुने हाम्रो जिल्लामा हो । यसबाट प्रभावित हुने अथवा भनौँ लाभान्वित हुने भनेका हामी हौँ । तर काठमाडौँमा केबलकार बनाउन हुन्न भन्ने पक्षले सरकारसँग वार्ता गरेको भन्ने सुनेका छौँ । यदि हाम्रा स्थानीयका एजेण्डा समेटिएनन् भने, यदि केबलकार नबनाउने निर्णय गरियो हामी त्यो हामीलाई मान्य हुँदैन ।

नो केबलकार भनेर नाम दिइ केबलकार निर्माणको विरोध गरिरहेको समूहले हिजो काठमाडौँमा गठन गरेको वार्ता कमिटिमा रहेका सदस्यहरु निम्न व्यक्ति र जिल्लाका रहेका छन् ।

१) सरस्वति सिंघक (सरु) माइती ताप्लेजुङ्ग लामो समय विदेश बसेर आएको हाल झापा

२) यासेली योङ्गहाङ्ग, पाँचथर

३) सुर्य बिक्रम चेम्जोङ्ग, धनकुटा

४) खगेन्द्र माखिम, तेह्रथुम

५) सन्तोष मेहता, (राजेन्द्र महतोको पार्टी राष्ट्रिय मुक्ति पार्टी)

६) दिलकुमार लावती, पांचथर

७) आङकाजी शेर्पा, सोलुखुम्बु

८) रन्धोज तम्लिङ्ग, पाँचथर