२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रूकुम मैकोट’ १० करोड क्लबमा, शान्तिश्री भन्छिन्– अलि भाग्यमानी नै हुँ जस्तो लाग्छ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘खुश्मा’को ‘रूकुम मैकोट’ बोलको गीत सबभन्दा छोटो समयमा १० करोड पटक हेरिने गीत बनेको छ ।

एसडी योगी र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वर रहेको गीतले पाँच महिनामै १० करोड भ्युज पाउने पहिलो नेपाली गीतको कीर्तिमान बनाएको हो ।

यसअघि शान्तिश्रीकै अफिसियल गीत ‘अरेली काँडैले’ नेपाली लोक संगीतबाट १० करोड पटक हेरिने पहिलो गीत बनेको थियो । डेढ वर्षअघि सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र शान्तिश्रीको एकल स्वर रहेको छ ।

‘रूकुम मैकोट’ र ‘अरेली काँडैले’ युट्युबमा १० करोड भ्युज पाएपछि शान्तिश्रीले फेसबुकमा स्ट्याटस लेख्दै खुसी साटेकी छन् । उनले लेखेकी छिन् , ‘यो मेरो लागि निक्कै खुसीको कुरा हो । आदरणीय दर्शकुश्रोताहरूको अगाध माया पाएका कैयौं गीतहरूमा मेरो स्वर मिसिएका छन । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहिँ न कहिँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ ।’

गीत संगीतमा अपार सफलता बनाएकी शान्तिश्रीले हालसालै काठमाडौंमा नयाँ घर समेत खरिद् गरेकी छन् ।