२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.27

Wind: 1.54

Humidity: 62

तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको छः माओवादी सांसद शर्मा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूसहितका धेरै सांसदहरले बारम्बार संसदमा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न र पीडितलाइ सुरक्षित बासस्थानमा सार्न नसकेको बताउनु भयो ।

उहाँले दोस्रो किस्ताको वितरण नभएको बताउनु भयो । सरकारबाट भएको ढिलासुस्तीबाट जनता समस्यामा परेको बताउनु भयो । आफैँ निर्माण शुरु गरेका केही नागरिकहरुले निर्माण सामग्रीको अभाव, कामदार अभाव लगायतको समस्या झेल्नुपरेको बताउनु भयो । असथायी आवास निर्माणको स्थिति हेर्दा पुनः निर्माणमा झन ढिलाइ हुने स्थिति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशेष गरेर धेरै पटक यो संसदमा उठाइसकेको, उठिसकेको र अहिले झन्डै दुई तिहाईको नजिक रहेको सरकार यो बहुमतको ट्याब्लेट खाएर निदाइरहेको स्थिति छ । फेरि म जाजरकोट भूकम्पको बारेमा आफ्ना भनाइ राख्दछु । हामी १७ औं अधिवेशनको संघारमा छाँै । सदनमा धेरै पटक भूकम्पका विषयमा कुरा उठिरहेको छ । सरकारले सच्याउने मेहनत गर्दैन । विगत कार्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोटमा ४८ हजार ५ सय १६, रुकुम (पश्चिम) मा ३४ हजार ९९७, सल्यानमा ४ हजार ४०७ घरमा क्षति पुगेको स्थिति छ ।’

सांसद शर्माले सरकारले दिएको रकमले २ कोठा पनि बनाउन नमिल्ने बताउनु भयो । सरकार पुनःनिर्माण कार्यविधि समेत हचुवाको भरमा बनाएको आरोप लगाउनु भयो ।