१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किन नैतिकताले दिँदैनः सांसद बस्नेत

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किन नैतिकताले दिँदैनः सांसद बस्नेत
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित नहुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नैतिकताले नदिने बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) को पार्टीको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएकोप्रति लक्षित गर्दै सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यत्ति, पुनः राजनीतिक पार्टीको बैठकमा उपस्थित हुनुले उदेक लाग्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति हो । आमा बुबाको सपना मेरो छोरा राष्ट्रपति, उपराष्ट्रपति बनोस्, भन्ने हो । यो सपना देख्ने, त्यस्तो उच्च पदमा बसेको व्यक्तिहरु आज पार्टीको बैठकमा जाने, आज पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने । मलाई उदेक लाग्छ, के हो यो अध्यक्ष महोदय ? राजनीति खुला रुपले गरेको हुन्थ्यो, पद कुनैपनि नलिएको भए हुन्थ्यो की । एउटा नैतिकता हुनुपर्छ नि । नैतिक चरित्र नै गुमाएका छौँ ।’

सांसद बस्नेतले कानूनी उपचार गर्दा धम्कीका भाषाहरु सडकमा देखिनु उचित नभएको बताउनु भयो ।