२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.31

Wind: 4.12

Humidity: 22

Latest
पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान श्रीमान–श्रीमती छुट्टाछुट्टै ओछ्यानमा किन सुत्नुपर्छ ? यी १० कारणले टुट्छ रोमान्टिक सम्बन्ध, कसरी टिकाइराख्ने ? सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी आउन नभ्याउने परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने प्रधानमन्त्री ओली स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बढाउन वनमन्त्रीको आह्वान



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न सरकारले विभिन्न कदम चालिरहेको बताउनुभएको छ ।

आईतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक भएको बताउनु भयो । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय भएको बताउनु भयो ।

मन्त्री ठकुरीले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले किसानका लागि जलवायु सम्बन्धी कोषहरु, सहुलियतपूर्ण ऋण तथा प्रोत्साहनमा आधारित प्रणालीहरुको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । निजी क्षेत्रलाई दिगो कृषि, व्यवसायहरुमा लगानी गर्न उत्प्रेरित गर्नु र सार्वजनिक निजी समुदायको साझेदारीको प्रवद्र्धन गर्नु उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘हामीले जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेका छौँ । सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक छ । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय हो । हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य छ । यस परियोजनाको शुरुवात यसै दिशामा गरिएको एउटा महत्वपूर्ण कदमको रुपमा मैले लिएको छु ।’

मन्त्री ठकुरीले बजार पहुँच बिस्तार गर्नु, जलवायुमैत्री प्रविधिहरुको प्रवद्र्धन गर्नु र अनुसन्धान तथा बिस्तार सेवाहरुका लागि लगानी वृद्धि गर्नु अनिवार्य रहेको बताउनु भयो । कृषि वन प्रणालीलाई नेपालको दिगो भूमि व्यवस्थापन रणनीतिको अभिन्न अंग बनाउने र सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । स्थानीय समुदाय, सहकार्य संस्था, निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि र वातावरण सन्तुलनबीचको सम्बन्धलाई सुदृढ पार्ने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । पुनःउत्पादक बागवानीको दीर्घकालीन बिस्तारका लागि वित्तीय श्रोतको अभाव एक प्रमुख चुनौतिका रुपमा रहेको बताउनु भयो ।