१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बढाउन वनमन्त्रीको आह्वान

जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बढाउन वनमन्त्रीको आह्वान
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न सरकारले विभिन्न कदम चालिरहेको बताउनुभएको छ ।

आईतवार सहारा नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक भएको बताउनु भयो । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय भएको बताउनु भयो ।

मन्त्री ठकुरीले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले किसानका लागि जलवायु सम्बन्धी कोषहरु, सहुलियतपूर्ण ऋण तथा प्रोत्साहनमा आधारित प्रणालीहरुको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । निजी क्षेत्रलाई दिगो कृषि, व्यवसायहरुमा लगानी गर्न उत्प्रेरित गर्नु र सार्वजनिक निजी समुदायको साझेदारीको प्रवद्र्धन गर्नु उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘हामीले जलवायुमैत्री कृषि, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी वृद्धि गर्न विभिन्न कदम चालिरहेका छौँ । सरकार, निजी क्षेत्र र विकास साझेदारहरुको सहकार्यमा नवप्रवद्र्धनात्मक समाधानहरु अघि बढाउन सार्वजनिक र निजी पुँजी परिचालन गर्नु अति आवश्यक छ । नेपाललाई जलवायु परिवर्तनको माध्यमबाट र जलवायु परिवर्तनको प्रभावबाट जोगाउन, प्रभावकारी उपायहरुमध्ये पुनःउत्पादक बागवानी एक महत्वपूर्ण उपाय हो । हाम्रो अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएकाले यसले दिगो र पुनर्उत्पादक कृषि अभ्यासहरुलाई अंगीकार गर्नु अपरिहार्य छ । यस परियोजनाको शुरुवात यसै दिशामा गरिएको एउटा महत्वपूर्ण कदमको रुपमा मैले लिएको छु ।’

मन्त्री ठकुरीले बजार पहुँच बिस्तार गर्नु, जलवायुमैत्री प्रविधिहरुको प्रवद्र्धन गर्नु र अनुसन्धान तथा बिस्तार सेवाहरुका लागि लगानी वृद्धि गर्नु अनिवार्य रहेको बताउनु भयो । कृषि वन प्रणालीलाई नेपालको दिगो भूमि व्यवस्थापन रणनीतिको अभिन्न अंग बनाउने र सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । स्थानीय समुदाय, सहकार्य संस्था, निजी क्षेत्रसँग मिलेर आर्थिक समृद्धि र वातावरण सन्तुलनबीचको सम्बन्धलाई सुदृढ पार्ने योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । पुनःउत्पादक बागवानीको दीर्घकालीन बिस्तारका लागि वित्तीय श्रोतको अभाव एक प्रमुख चुनौतिका रुपमा रहेको बताउनु भयो ।