४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो



अ+ अ-

काठमाडौँ। बागमती प्रदेशसभाको बैठकले चारवटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ।

प्रदेशसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पेस गरेको‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो।

उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई पर्यटन तथा वातारण समितिमा पठाइएको छ।

यसैगरी आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पेस गरेको प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफाबार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ।

ती विधेयक सोही बैठकले सर्वसम्मत्तिले स्वीकृति प्रदान गरेको थियो। ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ आजको बैठकमा पेस हुने कार्यसूचीबाट हटाइएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। रासस