९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

कांग्रेसले काम गर्छ तर प्रचार गर्दैन : परराष्ट्रमन्त्री राणा

कांग्रेसले काम गर्छ तर प्रचार गर्दैन : परराष्ट्रमन्त्री राणा
अ अ+ अ-

कैलाली: परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली कांग्रेसले काम गर्ने तर प्रचार भने नगर्ने गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री डा राणाले भन्नुभयो– नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ तर आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन ।

नेपाली कांग्रेस नेपालका सबै जाति, जनजाति, दलित, मधेशी एवं थारु लगायत सबैको साझा पार्टी हो भन्दै नेपालका यी समुदायको अधिकार स्थापित गर्न कांग्रेसले विगतदेखि नै काम गरेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो– विपी कोइरालाले उहिल्यै परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो भने अहिले पनि पार्टीले थारु विभाग नै गठन गरेको छ । राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायका व्यक्तिलाई पुर्याउनका लागि पनि कांग्रेसले विगतदेखि नै काम गरेको छ ।

उहाँले नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला विसं २०५८ मा कमैया मुक्तिका साथै महिला आयोग र दलित आयोग गठन गर्नुभएको प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले भन्नुभयो– नेपालमा सामाजिक आन्दोलनका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ, तर यसको प्रचार गर्ने काम भने कांग्रेसले कहिल्यै पनि गर्दैन ।

आफू पनि बर्दियाको थारु बस्तीमै हुर्किएको स्मरण गर्दै मन्त्री डा राणाले आफूले नेपालका थारु जातिलाई इमान्दार, संस्कृति र परम्पराका धनी तथा आफ्ना काममा प्रतिबद्ध जातिका रुपमा चिनेको पनि बताउनुभयो ।