५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले थप तीन बन्धक छाड्दै, फेरि पनि परेनन् विपिन जोशी



अ+ अ-

काठमाडौं। हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ ।

हमासले आज रिहा गर्नेहरूमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् ।  नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि छाडिनेको सूचीमा पर्न सकेनन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक माध्यमबाट विभिन्न पहल गर्दै आइरहेको छ ।

इजरायलले ३ सय ८३ कैदीहरूलाई रिहा गरेको छ । हमासले शनिबार थप १ सय ८३ कैदी इजरायलबाट फिर्ता हुनुपर्ने बताएको छ । तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा लगभग ३३ बन्धक र १ हजार ९ सय कैदीहरूलाई रिहा गरिने बताइएको छ ।