५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएसएडका कर्मचारीलाई बिदा गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले लगायो रोक



अ+ अ-

न्युयोर्क। युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई अदालतले रोक लगाएको छ।

यो योजना कार्यान्वयनको केही घण्टा अगाडि न्यायाधीश कार्ल निकोलसले अस्थायी प्रतिबन्ध आदेश जारी गरेका हुन् । बीबीसीकाअनुसार यस्तो आदेश दिने न्यायाधीशलाई ट्रम्प आफैँले अघिल्लो कार्यकालमा मनोनीत गरेका थिए ।

ट्रम्पले शुक्रबार मध्यरातदेखि यूएसएडका २२ सय कर्मचारीलाई बिदामा राख्ने घोषणा सुनाएका थिए । त्यसविरुद्ध कर्मचारी युनियनले मुद्दा दायर गरेका थिए ।

राष्ट्रपति ट्रम्पले संसारभर सहयोग कार्यक्रम सञ्चालन गरिरहेको यूएसएड बन्द गर्ने आदेश जारी गरिसकेका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा मनोनीत गरेका न्यायाधीश निकोलसले यसबारेको लिखित आदेश पछि जारी गरिने बताएका छन।

साथै  एलन मस्कले नेतृत्वमा गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसेन्सी (डोग)ले यसलाई रोक्न लागेको छ।