७ पुष २०८२, सोमबार
,
Latest
धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा आजदेखि सुरू भएको डायलाइसिस सेवा शुभारम्भ गर्दै उनले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले महत्त्वपूर्ण भूमिका रहेको बताए। “स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरूको सङ्ख्या बढिरहेको छ, मिर्गौला रोगीहरूको सङ्ख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ”, अर्थमन्त्री पौडेलले भने ।

उनले मिर्गौला रोगीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपाल नेशनल अस्पतालले डायलाइसिस सेवाको सुरूवात गरेर धेरैभन्दा धेरै बिरामीलाई सहज सेवा दिन खोजेकोमा खुसी व्यक्त गरे । सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उनको भनाइ थियो ।

अस्पतालका निर्देशक डा प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए ।