२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौं। सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा दाङ लमही नगरपालिका-५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।