काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत हुनु भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको १५ बुँदे प्रस्तावप्रति गम्भिर असहमति जनाउँदै नेता नेपालले आक्रोश ब्यक्त गर्नुभएको छ ।
एक व्यक्ति एक पदको व्यवस्था नभए भन्दै असन्तुष्टि जनाउनु भएका नेता नेपालले दुई अध्यक्षलाई प्रश्न गर्नुभयोः विधि बिना पार्टी कसरी चल्छ ? अहिलेसम्म बैठकमा नेता नेपाल सहित देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्त लगायतले आफ्ना भनाई राख्नु भएको छ ।
लामो समयपछि बसेको बैठकको सुरुवात गरेर अध्यक्ष ओली बाहिरिएपछि कार्यकारी अध्यक्षको रुपमा दाहालले बैठक सञ्चालन गरिरहनु भएको छ ।











