४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

सैफ आक्रमण प्रकरणः आरोपी शरीफुलको ‘फिङ्गरप्रीन्ट’ मेल खायो

सैफ आक्रमण प्रकरणः आरोपी शरीफुलको ‘फिङ्गरप्रीन्ट’ मेल खायो
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि हमला गर्ने अभियुक्त शरीफुल इस्लामका केही फिङ्गरप्रीन्ट अभिनेताको घरबाट लिएको नमूनासँग मेल खाएको छ ।

सैफमाथि १५ जनवरीको राति हमला भएको थियो । जनवरी २२ मा, मुम्बई पुलिसले फिङ्गरप्रीन्ट र अन्य नमूनाहरू संकलन गरी परीक्षणको लागि सीआईडी ​​प्रयोगशालामा पठाएको थियो ।

मुम्बई प्रहरीका अनुसार सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी शरीफुल इस्लामको फिङ्गरप्रीन्ट परीक्षणका लागि पठाइएका केही नमूनाको रिपोर्ट आइसकेको छ । केही फिङ्गरप्रीन्टहरू मिलेको छ । तर, प्रहरीले अन्तिम प्रतिवेदन पर्खिरहेको छ ।

अर्कोतर्फ सैफका दुई महिला कर्मचारीले बिहीबार (६ फेब्रुअरी) मा आरोपी शरीफुलको पहिचान पुष्टि गरे । आक्रमणको समयमा एरियाना फिलिप र जुनुलाई हालै मुम्बईको आर्थर रोड जेलमा बोलाइएको थियो ।

यद्यपि, शरीफुलका बुबा र उनका वकिलले सैफको आक्रमणकारी अरू नै भएको दाबी गर्दै आएका थिए । प्रहरीले सीसीटीभीमा कैद भएको अभियुक्तको अनुहारसँग शरीफुलको अनुहार मिलाउन अनुहार पहिचान परीक्षण गरेको थियो ।

प्रहरी हिरासत सकिएपछि अभियुक्त शरीफुल इस्लामलाई बुधबार (२९ जनवरी)बान्द्रा अदालतमा पेश गरिएको थियो । अदालतले आरोपितलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो ।