२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ आक्रमण प्रकरणः आरोपी शरीफुलको ‘फिङ्गरप्रीन्ट’ मेल खायो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि हमला गर्ने अभियुक्त शरीफुल इस्लामका केही फिङ्गरप्रीन्ट अभिनेताको घरबाट लिएको नमूनासँग मेल खाएको छ ।

सैफमाथि १५ जनवरीको राति हमला भएको थियो । जनवरी २२ मा, मुम्बई पुलिसले फिङ्गरप्रीन्ट र अन्य नमूनाहरू संकलन गरी परीक्षणको लागि सीआईडी ​​प्रयोगशालामा पठाएको थियो ।

मुम्बई प्रहरीका अनुसार सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी शरीफुल इस्लामको फिङ्गरप्रीन्ट परीक्षणका लागि पठाइएका केही नमूनाको रिपोर्ट आइसकेको छ । केही फिङ्गरप्रीन्टहरू मिलेको छ । तर, प्रहरीले अन्तिम प्रतिवेदन पर्खिरहेको छ ।

अर्कोतर्फ सैफका दुई महिला कर्मचारीले बिहीबार (६ फेब्रुअरी) मा आरोपी शरीफुलको पहिचान पुष्टि गरे । आक्रमणको समयमा एरियाना फिलिप र जुनुलाई हालै मुम्बईको आर्थर रोड जेलमा बोलाइएको थियो ।

यद्यपि, शरीफुलका बुबा र उनका वकिलले सैफको आक्रमणकारी अरू नै भएको दाबी गर्दै आएका थिए । प्रहरीले सीसीटीभीमा कैद भएको अभियुक्तको अनुहारसँग शरीफुलको अनुहार मिलाउन अनुहार पहिचान परीक्षण गरेको थियो ।

प्रहरी हिरासत सकिएपछि अभियुक्त शरीफुल इस्लामलाई बुधबार (२९ जनवरी)बान्द्रा अदालतमा पेश गरिएको थियो । अदालतले आरोपितलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो ।