
धनगढी। कैलालीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्।
गोदावरी नगरपालिका-११ गोठानकी २३ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी कामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले बताए ।
प्रहरी घटनास्थल पुग्दा छिमेकीले छोरी प्रिन्सीको पासो फुकालिसकेका थिए। मृतकका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन्। मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।