१३ चैत्र २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो



अ+ अ-

जनकपुर। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनमा प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा आवश्यक संशोधनसहितका विषय समावेश गरी मन्त्री लेखीलाई बुझाइएको प्राधिकरणका अध्यक्ष यादवले जानकारी दिए।

उनका अनुसार दुवै विधेयकमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएपछि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले संशोधन समिति गठन गरेको थियो । दुवै ऐन एक–अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित एकीकृत गर्ने तयारी भइरहेको  यादवको भनाइ छ ।

प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएमरेडियोसम्बन्धी ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो ।