२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो



अ+ अ-

जनकपुर। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनमा प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा आवश्यक संशोधनसहितका विषय समावेश गरी मन्त्री लेखीलाई बुझाइएको प्राधिकरणका अध्यक्ष यादवले जानकारी दिए।

उनका अनुसार दुवै विधेयकमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएपछि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले संशोधन समिति गठन गरेको थियो । दुवै ऐन एक–अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित एकीकृत गर्ने तयारी भइरहेको  यादवको भनाइ छ ।

प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएमरेडियोसम्बन्धी ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो ।