चितवन । करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ। शनिबार रुखको हाँगा काट्ने क्रममा कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको मृत्यु भएको हो।
चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाका अनुसार गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको बताए ।
रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका सुवेदार श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने सैनिक जवान कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।











