१२ बैशाख २०८२, शुक्रबार
April 25, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । झण्डै आधा घण्टा ढिलागरी संसद भवनमा बैठक सुरु भएको हो ।

बैठकमा सरकारले ल्याएको अध्यादेश पेस गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै पेस नहुने बताइएको छ ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो । ती अध्यादेशका विरूद्ध प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए ।