२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालयलाई सरकारीकरण गर्नु आवश्यक छैन- मुख्यमन्त्री कार्की



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालय सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेकाले सरकारीकरण गर्न आवश्यक नरहेको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उनले निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताए । उनले भने, ‘यथार्थमा स्वास्थ्य र शिक्षा सरकार एक्लैले जिम्मा लिन सक्दैन ।’

मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएको भन्दै पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताए । संविधानले तीनखम्बे अर्थनीतिलाई आत्मसात गरेको उल्लेख गर्दै उनले भने, ‘हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन ।’

मुलुकको आर्थिक समृद्धिलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुख्यमन्त्री कार्कीले राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गरे ।

उनले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताए । प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले सरकारले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरे । उनले युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदर समेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए ।